नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाइयो : अर्थविद् पाण्डे

अर्थविद् डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा  नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले गर्ने नगरेको बताए । 

पाण्डेले नेपाल सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ता बाँड्ने गरेको बताए । 

'गरिबबाट उठाएको पैसा मनपरी बाड्न पाइन्छ ? वृद्धाभत्ता भोट किन्ने माध्यम भएको छ' उनले भने, 'हामीले यसरी पैसा छरेर बाँड्नु हुन्न । यसरी मुलुक माथि उकालो लाग्दैन ।’

पाण्डेले सरकारले यसरी भोट किन्नका लागि सामाजिक सुरक्षामा पैसा बाँड्ने हो भने मुलुक माथि जान नसक्ने दाबी गरे ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २०:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया