सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक

मंगलबार सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यकालिका सार्वजनिक गरेको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको लागि यही चैत २६ गते हुने निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले चैत १५ अर्थात मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ ।

चैत १६ गते बिहान ११ बजेदेखि १८ गते ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, प्रालि साझेदारी फर्म र कम्पनी समेतको मतदाता सूची प्रकाशन चैत १८ गते दिउँसो ४ बजेसम्म गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

यस्तै, मतदाता नामावलीमा दाबी विरोध चैत १९ गते बिहान १० बजेदेखि साँझ ३ बजेसम्म, चैत १९ गते दिउँसो ४ बजेपछि उजुरी उपर निर्णय र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।

चैत २० गते बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो ४ बजेपछि उम्मेदवारहरूको सूची प्रकाशन, चैत २१ गते बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी उपर दाबी विरोध, दिउँसो तीन बजेपछि दावी विरोध उपर निर्णय र उम्मेवादरहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय भएकोे निर्वाचन समितिले जनाएको छ ।

यस्तै, चैत २२ गतेदेखि २४ गते रातको १२ बजेसम्म प्रचार–प्रसार अवधि, २४ गते रातको १२ बजेपछि मौन अवधि र चैत २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान र मतदान पश्चात मतगणना र मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरिने निर्वाचन समितिले बताएको छ । 



निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ ।



  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २१:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया