फर्नान्डेज चम्कदा पोर्चुगल विश्वकपमा छनोट

फर्नान्डेज चम्कदा पाेर्चुगल विश्वकपमा छनाेट पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । पाेर्चुगलले युराेपेली छनाेटअन्तर्गत गएरातिकाे प्ले अफ फाइनलमा नर्थ म्यासेडाेनियामाथि २-० को सहज जित हात पार्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेकाे हाे ।

घरेलु मैदान स्टेडियाे डाे ड्रगाओमा पार्चुगललाई जित दिलाउन दुवै गाेल ब्रुनाे फर्नान्डेजले गरे । खेलको ३२ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानाे राेनाल्डाेको पासलाई सदुपयोग गरेका हुन् ।

६५ औं मिनेटमा डिएगाे जाेटाकाे पासमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को सहज जित दिलाए । याेसँगै पाेर्चुगल लगातार आठाैंपटक विश्वकपमा छनाेट भएकाे छ ।






  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ७:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया