राष्ट्रपति बाइडेनले गरे नेपालका लागि नयाँ राजदूतमा डिन आर थम्प्सनकाे नाम  प्रस्ताव

अमेरिकी राष्ट्रपति जाे बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डिन आर थम्प्सनकाे नाम प्रस्ताव गरेका छन् । 

बाइडेनले थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतका रूपमा नियुक्तिका लागि प्रस्ताव गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएकाे हाे ।

थम्सनकाे नाम संसदीय प्रक्रियाबाट अनुमाेदन भएसँगै उनी राजदूत हुनेछन् । हालका राजदूत र्‍यान्डी बेरीकाे कार्यकाल सकिँदैछ ।

८ कार्तिक २०७५ मा बेरी नेपालका लागि अमेरिकी राजदूत बनेका थिए । उनलाई पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्।

कुटनीतिज्ञका रूपमा विभिन्न पदमा बसी २५ वर्षभन्दा धेरै सेवा गरिसकेका थम्प्सन अमेरिकी विदेश मन्त्रालयमा ‘डेपुटी असिस्टेन्स सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।  ।





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ९:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया