मैत्रीपूर्ण खेलमा स्पेन र फ्रान्सकाे सानदार जित

मैत्रीपूर्ण खेल अन्तर्गत गएराति भएकाे खेलमा स्पेन र फ्रान्सले सानदार जित हात पारेका छन् ।

घरेलु टोली स्पेनले आइसल्याण्डमाथि ५-० काे फराकिलाे जित निकाल्याे ।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटा र पाब्लो सारावियाले समान २-२ गोल गर्दा यारेमी पिनोले एक गोल थपे ।

खेलकाे ३७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । उनले ह्युगो गुइलामोनको पासमा गोल गर्न सफल भएका थिए ।

४० औं मिनेटमा मोराटाले नै पेनाल्टीमा गोल गर्दै घरेलु टाेलीकाे अग्रता दाेब्बर बनाए ।

४७ औं मिनेटमा यारेमी पिनोले गोल गर्दै स्पेनलाई ३-० ले अघि बढाए । उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए ।



६१ औं मिनेटमा सारावियाले गोल गरेपछि स्पेनले ४-० काे अग्रता लियाे ।

७३ औं मिनेटमा सारावियाले अलन्सोकै पासमा व्यक्तिगत दोस्रो तथा टाेलीका लागि पाँचौं गोल गरे ।



त्यस्तै, घरेलु टाेली फ्रान्सले पनि दक्षिण अफ्रिकामाथि ५-० कै जित हात पार्‍याे। 

फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले २ तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान १ गाेल गरे ।

एकपक्षीय खेलको २३ औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले अग्रता लिएकाे  थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयाेग गरे ।

३४ औं मिनेटमा ग्रिजमनकै पासमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । 

७६ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि घरेलु टाेली खेलमा ३-० ले अघि बढ्याे ।

८२ औं मिनेटमा विन यडरले पउल पोग्वाको पासमा फ्रान्सका लागि चाैथाे गाेल गरे ।

थप गरिएकाे समयमा गुइडाेजीले गाेल गरेपछि फ्रान्सले ५-० काे फराकिलाे जित दर्ता गर्‍याे ।

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ९:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया