स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था छ : सिंह
फरकधार / १६ चैत, २०७८
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।



आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा नेता सिंहले यस्ताे बताएका हुन् ।

तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरूबीच छिट्टै बैठक बस्ने उनकाे भनाइ छ ।



उनले भने, 'संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे । यी सबै कुराकाे ख्याल राख्नुपर्छ ।  गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुराेध गर्दछु ।'



कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।

अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे पनि उनले बताए । 

'देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ', सिंहले भने ।
 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १०:२७:३३,   अन्तिम अपडेट : चैत १६, २०७८ बुधबार १०:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया