दुर्गा प्रसाईंले सञ्चालनमा ल्याए २ अर्बको तरकारी बजार, उद्घाटनमा ३ हजार कार्यकर्तालाई मासुभात (तस्बिर)

नेकपा एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा तरकारी बजार सञ्चालनमा ल्याएका छन् । २ अर्ब रुपैयाँ लागतको तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

बजारभित्र साढे ७ सय स्टल रहेका छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईंले बताएका छन् । उनका अनुसार तरकारी बजार उद्घाटन समारोहमा ३ हजार एमाले कार्यकर्ता सहभागी भएका छन् । समारोहमा बढी जसो एमाले कार्यकर्ता रहेका छन् । उनीहरूलाई समारोहमा उपस्थित कार्यकर्ताहरूलाई बिहानको खानाको व्यवस्था पनि गरिएको छ । 

हेर्नुस् तस्बिर





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ११:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया