इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा ३ अप्रिलमा मतदान हुने

इस्लामाबाद-पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।  

आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानकारी दिएका हुन् । 

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादमा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानकारी दिएका हुन् ।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।

प्रधानमन्त्री खानविरुद्धको अविश्वासकाे प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया