कतार विश्वकप-२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ ।
आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ ।
एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए ।
अब, प्लेअफबाट एक टोलीको सम्भावना रहन्छ । त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ ।
एसियाबाट दुई समूहका तेस्रो स्थानमा रहने दुई उत्कृष्ट राष्ट्रले पहिलो चरणको प्लेअफ खेल्नेछन् ।
जहाँ अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (युएई) प्रतिस्पर्धा गर्नेछन् । खेल दोहामा ७ जुनमा हुनेछ ।
यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । जहाँ दक्षिण अमेरिकी छनोटको प्लेअफ टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । खेल १३ अथवा १४ जुनमा दोहामै हुनेछ ।
दक्षिण अमेरिकी प्लेअफबाट पेरुले विश्वकप छनोटका लागि प्रयास गर्नेछ । यसको विजेता विश्वकपमा स्थान बनाउन सफल हुनेछ ।
यसअघि एसिया छनोटको तेस्रो चरणमा रहेका १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह एबाट इरान र कोरियाले स्थान बनाउँदा समूह बीबाट साउदी अरबिया र जापाले स्थान बनाए ।
तेस्रो चरणबाट इराक, सिरिया, लेवनान, ओमान, चिन र भियतनाम भने अगाडि बढ्न सकेनन् ।
हालसम्म एसियाबाट दक्षिण कोरियाले ११ पटक विश्वकप खेलिसकेको छ । यस्तै, जापानले ७ पटक विश्वकपमा सहभागिता जनाउँदा इरान र साउदी अरबले समान ६ पटक खेलेका छन् ।
यता, अष्ट्रेलियाले पाँच पटक खेल्दा उत्तर कोरियाले दुई पटक खेलेको छ ।
यस्तै, इन्डोनेसिया, इजरायल, कुवेत, इराक, यूएई, चीन र कतारले समान एक-एक पटक विश्वकपमा आफ्नो सहभागिता जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।