थप २६ जनामा काेराेना संक्रमण, मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे ५१९२ जनाकाे नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

३ हजार ९४० पिसिआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण भएको थियाे ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

यही अवधिमा थप ७७ जना संक्रमणमुक्त हुँदा हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १६:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया