तनहुँको पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सख्त घाइते युवकको दमौली अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।
ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करपश्चात फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आइनसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।