सेयर बजार नेप्से ४० अंकले वृद्धि

नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अंकले वृद्धि भएर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ ।

नेप्से परिसूचक केही दिनयता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अंकले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो । 

बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । नेप्सेमा ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयरको किनबेच हुँदा दुई अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ । 

बुधबारको सेयर बजारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त संस्था नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार पनि १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । 

त्यस्तै, सर्किट लागेको सिलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा समेत १० प्रतिशत अर्थात् ६० रुपैयाँले वृद्धि भएर ६ सय ७० रुपैयाँका कारोबार भएको छ ।   

सकारात्मक सर्किट लागेका इमर्जिङ नेपाल कम्पनीको १ सय १ रुपैयाँले बढेर १ हजार १ सय १३ रुपैयाँ, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्य १ सय ९ रुपैयाँले बढेर १ हजार १ सय ९९ रुपैयाँ र नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८७ रुपैयाँ २० पैसाले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ ।
बजारमा जम्मा २ सय ३२ कम्पनी को सेयर कारोबार भएकोमा २४ कम्पनीका सेयर धनीले गुमाएका छन् ।  



नेप्सेको सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ प्रतिशत बढेर ४ सय ८०  अंकमा पुगेको छ । बुधबार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स र विकास बैंकका सेयरधनीले नाफा कमाएका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल टेलिकम र शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १८:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया