भरतपुर मेयर कप क्रिकेट : उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने
फरकधार / १६ चैत, २०७८

चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । बुधबार भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । 



नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाए भने स्वप्निल अधिकारीले ३४ रन बनाए ।  

मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २/२ विकेट लिए भने शुब कंशकारले एक विकेट लिए । खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दि म्याच चुनिए । 



यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । उसका लागि शुभ कंशकारले ४१, विशाल फुयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाए ।  



चितवनका लागि गौतम केसीले ३, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २/२ विकेट लिए भने दीपेश श्रेष्ठले एक विकेट लिए ।
 
यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसँग पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार बिहान ९ बजे हुनेछ । 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १८:४५:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया