श्रीलंकामा दैनिक १० घण्टा काटिँदै बिजुली

श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत् कटौती हुने भएको छ ।

देशमा उर्जा संकट उत्पन्न भएकाले देशव्यापी विद्युत् कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसंख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलंकामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ । जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले संकटमा रहेका छन् । 

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।  

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । 



कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाइ छ ।



  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार २०:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया