अमेरिकाकाे दाबी : पुटिनलाई उनका सैन्य सल्लाहकारहरूले भ्रममा पारे

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सैन्य सल्लाहकारहरूले भ्रममा पारेको  दाबी गरेको छ । 

जसका कारण पुटिन र सेना नेतृत्वबीच तनाव पैदा भएकाे छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक केट बेडिङफिल्डले पत्रकारहरूलाई भनिन्, ‘रुसी सेनाको कमजोर प्रदर्शन र प्रतिबन्धहरूबाट रुसी अर्थतन्त्रको कमजोर अवस्थाको बारेमा पुटिनलाई उनका सल्लाहकारहरूले भ्रममा पारेका छन् । किनभने उनका वरिष्ठ सल्लाहकारहरू पनि उनीसँग सत्य बोल्न डराउँछन्।’ 

उनले युक्रेनमा रुसको आक्रमण एक ‘रणनीतिक गल्ती’ भएको र जसले गर्दा रुस लामाे समयसम्मका लागि कमजाेर भएकाे बताइन्।

रुसले आक्रमण गर्न अस्वीकार गरेको ठाउँमा आक्रमण गरिरहेकाे प्रमाण अमेरिकासँग रहेकाे बेडिङफिल्डकाे दाबी छ ।

रुसले मंगलबार आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाएकाे बताएकाे थियाे ।



यद्यपि स्थानीय अधिकारीहरूले चेर्निभमा आक्रमण रातभर जारी रहेको बताएका छन्।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया