भारतमा १० दिनमा ९ पटक बढ्याे पेट्राेल-डिजेलकाे मूल्य

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । १० दिनमा नवौं पटक मूल्यवृद्धि भएकाे हाे ।

यसपटक पेट्रोल र डिजेलको मूल्य झण्डै ८० पैसाले बढेको छ । यसरी पछिल्लो १० दिनमा तेलको मूल्य प्रतिलिटर ६.४० रुपैयाँले बढेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा ८० पैसाले बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१.८१ रुपैयाँ र डिजेलको मूल्य ९३.०७ रुपैयाँ पुगेको छ ।

मुम्बईमा ८४ पैसा बढेकाे छ । पेट्रोलको मूल्य ११६.७२ रुपैयाँ र डिजेलको मूल्य १००.९४ रुपैयाँ प्रति लिटर पुगेको छ ।

चेन्नईमा तेलको मूल्य ७६ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७.४५ रुपैयाँ र डिजेल ९७.५२ रुपैयाँ प्रतिलिटर रहेको छ ।

कोलकाताको कुरा गर्दा त्यहाँ पेट्रोल र डिजेलको मूल्य ८३ पैसाले बढेको छ । यहाँ पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १११.३५ रुपैयाँ र डिजेलको प्रतिलिटर ९६.२२ रुपैयाँ पुगेको छ ।



पछिल्लो १० दिनदेखि सरकारले पेट्रोल र डिजेलको मूल्य क्रमशः बढाउँदै लगेको छ । दैनिक करिब ७५ देखि ८० पैसाले मूल्य बढेकाे हाे ।

सरकार चुनाव सकिएपछि पेट्रोल र डिजेलको मूल्यवृद्धि गर्ने पर्खाइमा रहेको विपक्षी दलले आराेप लगाएका छन् ।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ८:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया