युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थले प्रदूषित

रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरूले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । 

उप-आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३००,००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन् । 

प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ ।  

२४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् । उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन्।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ८:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया