नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले भनेको छ ।
रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो ।
गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।