चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ- सुवास नेम्वाङ
फाइल फाेटाे

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा बाेल्दै नेम्वाङले यस्ताे बताएका हुन् ।

अहिलेको व्यवस्थामा कुनै पनि दलले बहुमत ल्याउन निकै अप्ठ्याराे भएकाले गठबन्धन स्वभाविक रहेको उनकाे भनाइ छ ।

तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।

उनले भने, ‘गठबन्धनका कुराहरू आउँछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ- लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिनँ । पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’ 

उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने पनि बताए ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १०:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया