सञ्चारमाध्यमले राजनीतिक, सामाजिक परिवर्तनमा निकै भूमिका निभाएकाे छ: देउवा
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चारमाध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् । 

बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए । 

सञ्चारमाध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीतिक, सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ । 

मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उनले यस्ता समाचारले विश्वसनीयतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह पनि गरे । 

देशको विकासका लागि सञ्चारमाध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनको विश्वास छ । 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ११:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया