त्रिकाेणात्मक सिरिज: नेपालले पिएनजीलाई दियाे २०४ रनकाे लक्ष्य

त्रिकाेणात्मक टी-२० सिरिजअन्तर्गत जारी खेलमा घरेलु टाेली नेपालले पपुवा न्युगिनी (पिएनजी) समक्ष २०४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ  ।

कीर्तिपुरस्थित त्रीवि क्रिकेट मैदानमा टस हारेर र ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनायाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।

१९ औं ओभरको अन्तिम बलमा नाेसैना पाेकानाले टाेनी उराबाट क्याच गराउनुअघि दीपेन्द्रले ३३ बलमा ३ चाैका र ४ छक्कासहित ६६ रन बनाए ।

दीपेन्द्र र राेहितकुमार पाैडेलले तेस्रो  विकेटका लागि ५१ रनकाे साझेदारी गरे । राेहित ४१ रन बनाएर आउट भए ।

त्यस्तै, चाैथाे विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनकाे साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिलले ३१ रनकाे याेगदान दिए ।



आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जाेडे ।

पिएनजीका लागि कावुआ माेरेयाले ३, रिले हिकुरेले २ तथा नाेर्मन भानुआ र नाेसैना पाेकानाले १/१ विकेट हात पारे ।
 



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १४:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया