टी-२० अन्तर्राष्ट्रियमा करणकाे ५० विकेट पूरा

नेपाली क्रिकेट टोलीका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । 

तीव्र गतिका बलर करणले ३६ खेलमा आफ्नो ५० विकेट पूरा गरेका हुन्  ।

करणले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय  टी-२० सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध जारी खेलमा याे सफलता प्राप्त गरे ।

उनले खेलकाे पहिलाे ओभरकाे चाैथाे बलमा लेगा सियकालाई आफ्नो ५० औं सिकार बनाए । करणले सियकालाई व्यक्तिगत १ रनमा आसिफ शेखबाट क्याच गराए ।  

सन् २०१५ मा नेदरल्यान्ड विरुद्धको खेलबाट टी-२० अन्तर्राष्‍ट्रियमा डेब्यु गरेका करणले त्यही खेलमा बेन कुपरलाई आफ्नो पहिलो सिकार बनाएका थिए  ।

उनले कुपरलाई दोस्रो ओभरकाे अन्तिम बलमा व्यक्तिगत शून्य रनमा वसन्त रेग्मीबाट क्याच गराएका थिए ।   



करण टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि कप्तान सन्दीप लामिछानेले याे सफलता हात पारेका थिए ।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १४:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया