वर्षमानको दाबी : आफ्नै शक्तिमा भर पर्छौं, स्थानीय निर्वाचनमा २०० पालिका जित्छौँ
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबिनै २०० पालिकामा जित्ने दाबी गरेका छन् । 

माओवादी केन्द्रमा सुधार भएको बताउँदै उनले आगामी निर्वाचनमा बामपन्थी दलमध्ये आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रम उनले भने, ‘एक्लै पनि हामी २०० पालिका जित्छौँ । बाम पार्टीमा हामी पहिलो हुन्छौँ ।’ 

पार्टीले सबै स्थानीय तहको अवस्थाका बारेमा विश्लेषण गरिसकेको उल्लेख गर्दै उनले गठबन्धनमा मात्र भर नपरी आफ्नो शक्तिमा भरमा माओवादी केन्द्र निर्वाचनमा होमिने बताए ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १५:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया