बेलायती रक्षामन्त्रीले भने - पुटिन आफैँले बनाएको पिँजडामा कैद भए
फाइल तस्बिर

बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमाथि गरेको आक्रमणका कारण रुस कमजोर भएको दाबी गरेका छन् ।

स्काई न्यूजसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली छैनन् । अहिले उनीहरू आफ्नै पिँजडामा थुनिएका छन् ।'

'उनका सेना थकित छन् र उनीहरूले धेरै कष्ट भोगेको छन् । रुसको शक्तिशाली सेनाको प्रतिष्ठा खस्किएको छ' उनले अगाडि भनेका छन्, 'उनले युक्रेनमा जे गरे त्यसको असर मात्र नभइ आफ्नो सेनालाई जे गरे त्यसको परिणाम पनि भोग्नुपर्नेछ ।'

वालेसले रुसको सेनाले अहिले दक्षिणी र पूर्वी युक्रेनमा ध्यान केन्द्रित गरेको बताए । उनले रुसले आवासीय क्षेत्रमा बढी आक्रमण गरिरहेको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय सहयोगीहरूले युक्रेनलाई थप सैन्य उपकरण र सहायता उपलब्ध गराउन सहमत भएको पनि बताए । सहयोगमा बख्तरबन्द सवारी साधन, लामो दूरीका हतियार र गोला-बारुदसमेत रहेको उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ७:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया