ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर

चेन्नई सुपर किङ्ग्सका अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान बनाएका छन् । 

गएराति लखनउ सुपर जायन्ट्सका दीपक हुडाको विकेट लिँदै ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर बनेका हुन् । 

ब्राभोले मुम्बई इन्डियन्सका पूर्वबलर लासिथ मालिङ्गालाई पछि पार्दै यो सफलता हात पारेका हुन् । उनले १५२ खेलमा १७१ विकेट लिँदा मलिंगाले १२२ खेलमा १७० विकेट लिएका छन् । 

सन् २००८ मा मुम्बिई इयिन्सका लागि आइपिएल डेब्यु गरेका ब्राभो सन् २०११ मा मुम्बई इण्डियन्सबाट चेन्नई आएका थिए । 

तर, चेन्नइ दुई वर्ष प्रतिबन्धमा परेपछि उनले गुजरात लायन्सबाट २०१६ मा खेलेका थिए । ब्राभोले सन् २०१७ को आइपिएल भने गुमाए । 

२०१८ मा चेन्नइले पुन: टोलीमा फर्काएको थियो । यस सिजनमा भने चेन्नईले अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको थियो । चेन्नइलाई २०१८ र २०२१ को उपाधि जिताउन उनले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । 



मध्य गतिमा बलिङ गर्ने उनले डेथ ओभरमा लगातार विकेट लिनुका साथै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् ।

ब्राभोले मुम्बईका लागि २६, गुजरातका लागि १७ र चेन्नइका लागि १२८ विकेट हात पारेका छन् । 



  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ११:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया