लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । 

जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त  खोप लगाउने तयारी गरेकाे स्वास्थ्य  कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइनेछ ।

सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खाेप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएकाे हाे । 

मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइनेछ।

खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ। 





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ११:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया