प्रकाशमान सिंह भन्छन्– गठबन्धन नमान्नेहरूले कांग्रेस छाडेर गए हुन्छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन् । उनले कांग्रेसमा बसेर पार्टी कमजोर बनाएर बस्नुभन्दा बाहिरिँदा राम्रो हुने पनि बताए । 

आज कांग्रेस काठमाडौं क्षेत्र–१ ले आयोजना गरेको कार्यक्रममा उनले यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक/एक हिसाब राखिने पनि बताए । नेता सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले र्सिजना गरेर मुलुकको आवश्यकता भएको पनि बताए ।

संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने उनले बताए । स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने सिंहको तर्क छ ।

पार्टीभित्रका केहीले क्रान्तिकारी बनेर गठबन्धनविरुद्ध  बोल्दा जनतामा अनावश्यक  भ्रम छर्ने काम गरेको उनले बताए । पार्टीभित्र एकथरी समूह नियोजित रूपमा आफ्नो स्वार्थ पूरा नभएपछि चरित्र हत्या अभियानमा लागिरहेको पनि सिंहले बताए ।  





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १३:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया