सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचकाे सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।
सञ्चारमन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ । मुलरुपमा नेपाल र भारतको बीचमा सदिऔंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रित रहने कुरा म यहाँहरूमार्फत् निवेदन गर्न चाहन्छु ।’
प्रधानमन्त्री देउवा आजै भारत प्रस्थान गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।