इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिकाे खेलमा काेलकाता नाइट राइडर्स विजयी भएकाे छ ।
काेलकाताले दोस्रो जित निकाल्ने क्रममा पञ्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेकाे हाे ।
१३८ रनकाे लक्ष्य काेलकाताले १४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे । उसका लागि आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे ।
३१ बलकाे सामना गरेका उनी आठ छक्का र दुई चाैकासहित ७० रनमा अविजित रहे ।
कप्तान श्रेयस अय्यरले २६ रन जाेड्दा साम बिलिङ्ग्स २४ रनमा अविजित रहे ।
पाँचाै विकेटका लागि रसेल र बिलिङ्ग्सले अविजित ९० रनकाे साझेदारी गर्दै टाेलीलाई सहज जित दिलाए ।
काेलकाताका लागि राहुल चहरले दुई तथा ओडियन स्मिथ र कागिसाे राबडाले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएकाे थियाे ।
उसका लागि भानुका राजापाक्षे सर्वाधिक ३१ रनकाे याेगदान दिए । ९ बलमा सामना गरेका उनले समान तीन चाैका र छक्का प्रहार गरे ।
कागिसाे राबडाले २५ र लियम लिभिङ्गस्टाेनले १९ रन जाेडे ।
काेलकाताका लागि उमेश यादवले चार, टिम साउदीले दुई तथा शिवम् मावी, सुनिल नारायण र आन्द्रे रसेलले एक/ एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएकाे काेलकाताले ३ खेलमा ४ अंक जाेड्दा पराजित पञ्जाब २ खेलबाट २ अंकका साथ छैटौं स्थानमा छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।