देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल-भारत द्विपक्षीय बैठक सुरु
फरकधार / १९ चैत, २०७८

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । 

भेटवार्तामा नेपाल-भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । 

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक सुरु भएको छ । 



बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । 



बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ११:५८:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया