सुर्खेतमा टाइफाइडविरुद्वको खोप लगाइँदै

सुर्खेतमा १५ वर्षमुनि उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्वको खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्लामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्वको ‘टिसिभि’ खोप लगाउने भएको हो ।

जिल्लाका सबै स्थानीय तह लक्षित गर्दै तीन चरणमा खोप अभियान सञ्चालनको योजना छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले भने, ‘सुर्खेतका सबै स्थानीय तहमा तीन चरणमा सम्पन्न हुनेगरी टाइफइड विरुद्वको खोप अभियान सञ्चालन गर्दैछौँ । 

गौतमका अनुसार २५ चैतमा वीरेन्द्रनगर नगरपालिकाका सबै वडा, चैत्र २६ गते भेरीगंगा नगरपालिका, २८ गते गुर्भाकोट नगरपालिका र २९ गते वराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकवेशी नगरपालिकाका सबै स्थानमा खोप कार्यक्रम सञ्चालन हुनेछन् । चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा भने आगामी ३ वैशाखमा खोप कार्यक्रम तय गरिएको छ ।

सिम्तामा ७ हजार ८४१, चिङ्गाडमा ५ हजार ९१५, लेकवेशीमा ८ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हजार ८१९, वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका ७ हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका ८ हजार ७९८ जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको गौतमले जनाए ।

सुर्खेतमा आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ४२६, २०७७/७८ मा चार हजार ५२८ र चालू आर्थिक वर्षको हालसम्म २ हजार ८३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको तथ्यांक छ । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १८:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया