आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा पनि देखिएको छ । बिहान पहाडी भू–भागमा आंशिकदेखि  सामान्य बदली छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।  

दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश–१ र गण्डकीका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश–१ को पहाडी भू–भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ७:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया