निगम र व्यवसायीबीच चार बुँदे सहमति, आजबाट खुल्दै पेट्रोल पम्प

गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डिपो सञ्चालनमा आउँदैछन् । 

सहमतिपत्रमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता कमिसनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो आइतबार बिहान ८ बजेबाट सञ्चालन गरिनेछ ।’ 

पछिल्लो समय इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो । 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ७:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया