इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सीले फराकिलाे हार बेहाेरेकाे छ । घरेलु टाेली चेल्सी ब्रेन्टफोर्डिवरुद्ध ४-१ ले पराजित भएको हो ।
स्टामफाेर्ड ब्रिजमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित हुन पुग्यो । खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए । ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले ब्रेन्टफोर्डलाई २-१ को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गरेपछि पाहुना टाेली ३-१ ले अघि बढ्याे । ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-१ को सहज जित दिलाए ।
जितसँगै ब्रेन्टफाेर्ड ३१ खेलमा ३३ अंक जाेडेर १४ औं स्थानमा रहँदा पराजित चेल्सी २९ खेलमा ५९ अंकका साथ तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।