आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि बाजुरा जिल्लामा १४ वटा दल दर्ता भएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त ५ ओटा र मान्यता प्राप्त नभएका साना ९ गरी १४ वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नवराज अवस्थीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना ९ दलले चुनाव चिह्नका लागि विवरण बुझाएका छन् ।
कार्यालय प्रमुख अवस्थीका अनुसार जनजागरण पार्टी नेपाल, सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाली कांग्रेस बिपी, जनसमाजवादी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च गरी ९ वटा पार्टीले दल दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ०७८ चैत ४ गते देखि चैत ६ गतेसम्म निर्वाचन चिन्हका लागि दल अध्यावधिक गर्ने समय तोकिएको थियो ।
नेपालको संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।
१७ हजार बढी मतदाता थप
निर्वाचन आयोगले १८ वर्ष पूरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ ।
निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
स्थानीय तह निर्वाचन ०७९ का लागि बाजुरामा ४० हजार ५ सय ३७ महिला, ४२ हजार १ सय ५१ पुरुष र २ जना अन्य गरी ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्लाभरिका ९ वटै स्थानीय तहमा ३२ हजार ५२१ पुरुष, ३२ हजार ७२७ जना महिला र १ जना अन्य गरी कुल ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए ।
पाँच वर्षमा बाजुरामा १७ हजार ७४० जना मतदाता थपिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
त्यसैगरी जिल्लाभरि ७० वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लाको गौमुल गाउँपालिकामा ३ हजार १ सय ५० जना पुरुष र २ हजार ९ सय ४१ महिला गरी ६ हजार ४६ जना मतदाता रहेका छन् ।
गौमुल गाउँपालिकामा ६ वटा मतदान स्थल र ८ वटा मतदान केन्द्र तोकिएको छ ।
खप्तड छेडेदह गाउँपालिकामा ६ हजार २७ जना पुरुष र ५ हजार ८ सय ६८ जना महिला गरी ११ हजार ८ सय ९५ जना मतदाता रहेका छन् भने ७ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तै, त्रिवेणी नगरपालिकामा ५ हजार ६ सय ६० जना पुरुष र ८ हजार ८ सय ५१ महिला गरी ११ हजार ५ सय ११ जना मतदाता रहेका छन् भने ९ ओटा मतदान स्थल र १६ ओटा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी, जगन्नाथ गाउँपालिकामा २ हजार ८ सय ६५ जना पुरुष र २ हजार ६ सय १२ जना महिला गरी ५ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । ६ वटा मतदान स्थल र ७ वटा मतदान केन्द्र तोकिएको छ ।
बडीमालिका नगरपालिकामा ४ हजार ८ सय ९९ जना पुरुष, ४ हजार ८ सय ३५ जना महिला र १ जना अन्य गरी कुल ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । नगरपालिकामा ९ मतदान स्थल र १४ मतदान केन्द्र ताेकिएकाे छ ।
बुढीगंगा नगरपालिकामा ६ हजार ६ सय ९९ जना पुरुष र ६ हजार ९ सय ५६ जना गरी १३ हजार ६ सय ५६ कुल मतदाता रहेका छन् भने १० मतदान स्थल र १९ मतदान केन्द्र तोकिएको छ।
बुढीनन्दा नगरपालिकामा ५ हजार ६ सय ७० जना पुरुष र ५ हजार २ सय २ जना महिला गरी १० हजार ८ सय ७२ जना मतदाता रहेका छन् भने १० मतदान स्थल र १४ मतदान केन्द्र तोकिएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकामा ४ हजार ५ जना पुरुष र ३ हजार ४ सय २२ महिला गरी कुल ७ हजार ४ सय २६ जना मतदाता रहेका छन् भने ५ मतदान स्थल र ९ मतदान केन्द्र तोकिएकाे छ ।
हिमाली गाउपालिकामा ३ हजार २ सय २१ जना पुरुष र २ हजार ८ सय ५० जना महिला गरी ६ हजार ७१ जना कुल मतदाता रहेका छन् । त्यहाँ ८ मतदान स्थल र १० मतदान केन्द्र तोकिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्लाभरिका ९ वटै स्थानीय तहमा ३२ हजार ५२१ पुरुष, ३२ हजार ७२७ जना महिला र १ जना अन्य गरी कुल ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए ।
पाँच वर्षमा बाजुरामा १७ हजार ७४० जना मतदाता थपिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।