प्रधानमन्त्री देउवा धनगढी जाँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी जाने कार्यक्रम तय भएको छ । 

कांग्रेस कैलालीका अनुसार २४ गते बिहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो ।

सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्टघाटन गर्ने कार्यक्रम रहेको छ । 

संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सिटीहल निर्माण भएको हो ।

सोही दिन धनगढीमै हुने अवयवस्थित बसोबासीको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तय भएको कांग्रेसले जनाएको छ। 

अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदैछन् । काठमाडौं फर्किनुअघि उनी आज बनारस पुगेका छन्।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ११:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया