प्रधानमन्त्री देउवाले गरे विश्वनाथ मन्दिरमा पूजाअर्चना

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । 

सो देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रालगायको उपस्थिति थियो । साथमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । 

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न मुख्यमन्त्री आदित्यनाथ पुगेका थिए । 

बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा आज नै स्वदेश फर्किने कार्यक्रम छ । उनी शुक्रबार भारत भ्रमणमा गएका थिए । 
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १२:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया