नेकपा एमाले सचिव पद्मा अर्यालले अबको चुनावमा पाँचदलीय गठबन्धनलाई एमाले एक्लै भारी हुने बताएकी छन् ।
अर्यालले जो कमजोर छ, उसले नै गठबन्धन बनाउने भएकाले एमालेभन्दा कांग्रेस कमजोर भएको पुष्टि हुने बताउँदै गठबन्धनलाई पछारेर एमाले आगामी चुनावबाट देशकै पहिलो शक्ति बन्ने दाबीसमेत गरिन् ।
नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्व भूमि सुधारमन्त्री समेत रहेकी नेता अर्यालले सो दाबी गरेकी हुन् ।
उनले खेलकुद महासंघमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउँदै खेलाडीलाई नै प्राथमिकता दिएर खेलाडीहरुको साझा संगठनका बनाउने कुरामा पार्टीको जोड रहेको उल्लेख गरिन् ।
खेलकुद महासंघ इञ्चार्ज गोकुल बास्कोटाले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेसँग साधारण ढंगले पराजित हुने दाबी गरे। ।
पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका एमाले पोलिट्ब्युरो सदस्य बाँस्कोटाले गठबन्धन स्वार्थको संस्कृति भएको र यसमा जनताको स्वार्थ नभई केही नेता तथा कार्यकर्ताको निजी स्वार्थ जोडिएकाले गठबन्धनलाई जनताले पराजित गर्ने बताए ।
उद्घाटन सत्रलाई एमाले गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मी, नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश संयोजक विष्णु पुन लगायतले सम्बोधन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।