सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रूपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताएका छन् ।
रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा बोल्दै कार्कीले यस्ताे बताएका हुन् ।
उनले प्रविधिको विकास, रूपान्तरण र मल्टिमिडियाको आवश्यकता अनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रह समेत गरे ।
उनले भने, बदलिँदो समय, प्रतिस्पर्धा र यसले निर्वाह गरिरहेको राष्ट्रिय दायित्व समेतलाई हेरेर यसको आन्तरिक जीवनलाई अझ बलियो बनाउनुछ । देशले भोग्दै आएको प्रविधिको रूपान्तरण र आर्थिक समस्याको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जानकार छ । प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडिया आवश्यक्ता अनुरुप यसलाई अझै धेरै ढंगले परिमार्जन गर्न जरुरी छ।’
उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताए ।
मन्त्री कार्कीले भने, ‘अझै पनि देशको सतप्रतिशत भूभागमा रेडियो नेपाल सुनाउन, यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता छ । वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ । र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्यालाई र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ ।’
उनले राष्ट्रको धरोहरको रूपमा रहेको रेडियो नेपाललाई थप उचाइमा लैजान सरकार लागि परेको पनि उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।