नेपाल फर्कनेभन्दा छाड्ने नेपालीको संख्या बढी

सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छाडेर अन्यत्र जाने नेपालीको संख्या बढी भएकाे पाइएको छ । 

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट कूल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् । 

पछिल्लो तीन महिनामा टिआइएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरु थिए । 

सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका थिए । 

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टिआइए हुँदै विभिन्न देश गएका थिए । 

२०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए । 



गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाउँछ । 



  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १६:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया