ट्यांकर चालकसँग सहमति, पम्पहरूमा पठाउन थालियो इन्धन
फाइल तस्वीर

ट्यांकर चालकको सहमतिपछि पेट्रोल पम्पहरूमा थानकोट डिपोबाट इन्धन पठाउन थालिएको छ । आइतबार दिउँसो नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सम्बोधन गर्ने सरकारले सहमति गरेको थियो ।

सहमति भएसँगै पम्पहरूलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको डिपोका प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए । आइतबार ढुवानी व्यवसायी, ट्यांकर चालक र आयल निगमका प्रतिनिधिबीच भएको वार्ता सहमतिमा टुंगिएपछि इन्धन ढुवानी थालिएको उनको भनाइ छ । व्यवसायीले माग गरेजति नै तेल पठाइएको उनले जानकारी दिँदै उनले भोलिबाट सहज हुने बताए ।

ट्यांकर चालक संघले कमिसन बढाउनुपर्नेसहित विभिन्न माग राख्दै 'लोड-अनलोड' रोकेपछि राजधानीका निजी पम्पहरू पेट्रोलियम पदार्थको अभाव भएको थियो । पेट्रोलियम पदार्थको प्राविधिक चुहावट/नाेक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेकोलगायत माग राख्दै चालकले ढुवानी बन्द गरेका थिए ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १७:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया