बतास समूहको होटल आनन्दसँगको सम्झौता रद्द
फाइल तस्वीर

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रालिकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालिले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ ।

कोषका सदस्य सचिव डा. मीलनकुमार थापाका अनुसार कोष र प्रालिबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्रालि (बतास समूह)ले बुझन नमानेको छैन ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार २०:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया