हामी कानुनअनुरूप नै काम गरिरहेका छौं : गोल्डम्यान इन्भेष्टमेन्ट

गोल्डम्यान इन्भेष्टमेन्टलाई जोडेर प्रकाशित भएका समाचारप्रति कम्पनीले  आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नोबारे केही अनलाइन सञ्चारमाध्यममा आएका समाचार ‘भ्रामक र कपोकल्पित’ भएको भन्दै आपत्ति जनाएको हो ।

‘गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीबारे पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमहरूमा आएका भ्रामक, कपोकल्पित समाचारबारे यस कम्पनीको ध्यानाकर्षण भएको छ, कपोकल्पित समाचारहरू प्रकाशन भएकोप्रति कम्पनी खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘कम्पनी ऐनअनुसार दर्ता भएर वैधानिक रूपमा चलिरहेको यस कम्पनीविरुद्ध दूषित मनासय राखेर समाचारहरू प्रकाशन भएकोमा हामी हाम्रा साझेदार, स्टक होल्डर तथा सम्पूर्ण नेपालीलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ ।’

कम्पनीले आफूहरूले नियमअनुसार काम गरिरहेको उल्लेख गर्दै आरोप लगाउनेहरूलाई कानुनी प्रक्रियाबाट गलत गर्ने पनि दाबी गरेको छ । ‘गोल्डम्यान इन्भेष्टमेन्ट लिमिटेड आफैंमा एक पब्लिक लिमिटेड कम्पनी हो । र, यसले स्थापनादेखि कम्पनी ऐन २०६३ अनुसार आफ्ना काम गर्दै आइरहेको छ,’ कम्पनीका अध्यक्ष जगदिश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालको कानुनअनुरूप चलिरहेकाले हामीविरुद्ध कुण्ठित मनसाय राख्नेहरूविरुद्ध कानुनी प्रक्रियाबाट गलत सावित गर्नेछौँ ।’ 

केही दिनअघि केही सञ्चारमाध्यमले गोल्डम्यान कम्पनीले संस्थागत सेयर संकलन भन्दै रकम संकलनको योजना ल्याएको भनेर समाचार प्रकाशन गरेका थिए । 

 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार ९:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया