भारतमा दुई हप्तामा १२ पटक बढ्याे पेट्राेल र डिजेलकाे मूल्य

भारतमा सोमबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ४० पैसाले बढेसँगै पछिल्लो दुई सातामा पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ ४० पैसाले बढेको छ ।

सरकारी स्वामित्वको तेल कम्पनीहरूले जारी गरेको सूचना अनुसार दिल्लीमा पेट्रोलको मूल्य अब प्रतिलिटर १०३.८१ रुपैयाँ र डिजेलकाे मूल्य प्रति लिटर ९५.०७ रुपैयाँ पुगेकाे छ ।

पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र प्रदेश सरकारले तिर्ने करको आधारमा निर्धारण गरिन्छ । 

प्रत्येक राज्यमा करको दर फरक हुन्छ, जसको आधारमा विभिन्न राज्यहरूमा मूल्य फरक हुन्छ ।

साढे चार महिनाको लामो अन्तरालपछि २२ मार्चमा मूल्य बढेको थियाे । त्यसपछि यो १२ औं वृद्धि हो ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १०:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया