नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४० पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७३ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ १० पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ दुई पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।