बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त

कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा ना ४ ख ४४६६ नम्बरको बसको ठक्करबाट सोमबार मन्जु बुडालको मृत्यु भएको हो ।

सामान किनेर बाटो पार गर्ने क्रममा बुडाललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बस महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै थियाे ।

बसका चालक रोशन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यसैबीच, महिलाको मृत्युपछि महेन्द्रनगर बजार तनावग्रस्त भएको छ। 



मृतकका आफन्तले टायर जलाएर सडकमा प्रदर्शन गरिरहेका छन् । मृतक महेन्द्रनगर ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिंह बुडालकी पत्नी हुन् ।



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १३:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया