पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाकाे नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएकाे हाे ।
२ हजार ९४२ जनाको पिसिआर परीक्षण र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएकाे थियाे ।
पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
यही अवधिमा ८९ जना निकाे भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।