नेप्से १५.९४ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । 

सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ बिन्दुमा झरेको छ । 

सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले गिरावट आएको छ। 

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

आइतबारको तुलनामा सोमबारको कारोबार रकम वृद्धि भएको छ । आइतबार १ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो ।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको सेयर मूल्य ० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।



नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । 



त्यस्तै, इमर्जिङ्ग नेपालको सेयरमूल्य ९.१२ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १६:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया