आवश्यकता भए मात्रै गठबन्धन गर्नूः डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् । 

कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे ।

‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस्, सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ 

अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको, तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन उनले अनुरोध गरे ।

केन्द्रीय सदस्य समेत रहेका उनले कांग्रेसको विधानअनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् । ‘जथाभावी टिकट वितरण गर्ने होइन । सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । 

अर्का केन्द्रीय सदस्य मधु आचार्यले अरु दल पनि कांग्रेसको एजेन्डामा चुनावी तालमेलका लागि तयार हुनुपर्ने बताए ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १८:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया