अस्पताल परिसरमा शिशुको शव बोकेर कुकुर दौडिएपछि...

शनिबार कर्णाली प्रदेश अस्पतालको हातामा कुकुरले मृत शिशुको टाउको नभएको शव लुछ्दै डुलाएपछि देख्नेहरु केहीबेर आतंकित बनेका छन् । मृत शिशुको शव अस्पताल परिसरमा कुकुरले लुछ्दै डुलाएपछि यस विषयमा जिल्ला प्रहरी कार्यालयले सुर्खेतले अनुसन्धान थाली अन्तिम निष्कर्षमा पुगेको छ ।

अस्पताल परिसर क्षेत्र अन्तर्गतको जंगलबाट कुकुरले मृत शिशुको शव उदिनेको अनुसन्धानबाट देखिएको छ । 

दैलेखको आठविस नगरपालिका–९ निवासी कमला विक (नाम परिवर्तन)ले चैत्र १४ गते प्रदेश अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । विकले मृत शिशुलाई जन्म दिएपछि अस्पतालले शिशुको शवलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । 

तर, अभिभावकले सदगदका रुपमा शिशुको शव अस्पताल परिसरकै जंगलमा गाडेको प्रहरीले जनाएको छ । शिशुको शव गाडेने क्रममा खाल्डो गहिरो नखनिएका कारण कुकुरलाई शव उदिन्न सजिलो भएको प्रहरीको निष्कर्ष छ । 

शिशुको शव सुरक्षित रुपमा सदगद गर्न कमलाका श्रीमानलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार २०:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया